१९ चैत्र २०७७

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत मंगलवार दिएको पुनरावलोकन निवेदनलाई अस्वीकृत गर्दै सर्वोच्च अदालतले अनुमति नदिने फैसला गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलाशले प्रचण्डले गत मंगलबार दर्ता गरेको फैसला पुनरावलोकनको निवेदनलाई अनुमति नदिने फैसला गरेको हो ।

गत फागुन २३ गते सर्वोच्च अदालतले ऋषिराम कट्टेलको पक्षमा फैसला गर्दै नेकपा एमाले र नेकपा माओवादी मिलेर गठन भएको नेकपालाई बदर गरेको थियो ।

साथै सर्वोच्चले त्यही फैसलामा माओवादी केन्द्र र एमालेबीचको एकता पनि बदर गरिदिएको थियो ।
सोही फैसलाविरुद्ध प्रचण्ड पुनरावलोकनका लागि गत चैत्र १७ गते सर्वाेच्च अदालत गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर