
१९ चैत्र २०७७
नेपालमा १ सय ५२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा १ सय ५२ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ४ सय ६१ रहेको छ ।
संक्रमित मध्ये दुई लाख ७२ हजार ८ सय ५१ जना निको भएर घर फर्किसकेका छन् .
हाल संक्रिय संक्रमितको संख्या एक हजार ५ सय ७९ रहेको छ । पछिल्लो २४ घण्टामा ६५ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या एक रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ ।