१७ चैत्र २०७७

नेकपा एमालेले अन्तरपार्टी  निर्देशन जारी  गरेको छ । निर्देशनमा हरेक प्रदेशमा सह इञ्चार्ज थप गरिएको छ । जसअनुसार प्रदेश नम्बर १ मा ६ जना थपिएका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

त्यहाँ लालबाबु पण्डित, भानुभक्त ढकाल, शेरधन राई, गुरु बराल, टङ्‍क आङ्बोहाङ (लिम्बू) राजेन्द्र गौतमलाई सहइन्चार्जको जिम्मेवारी दिइएको छ ।

यस्तै प्रदेश २ मा एकजना मात्रै कानुनमन्त्री लीला श्रेष्ठ सहइञ्चार्ज बनेका छन् ।

बागमती प्रदेशमा काशीनाथ अधिकारी, शेरबहादुर तामाङ र कृष्णगोपाल श्रेष्ठ सहइन्चार्जबनेका छन् ।

गण्डकीमा किरण गुरुङ, पदमा अर्याल र लिलबहादुर थापामगर र लुम्बिनी प्रदेशमा चार जना सहइन्चार्ज बनेका छन्।

मणि थापा, दलबहादुर राना, वैजनाथ चौधरी, गिरधारीलाल न्यौपाने सहइन्चार्ज बनेका छन्।

कर्णाली प्रदेशमा लक्ष्मी पोखरेल र गुलाबजङ्‍ग शाह सहइन्चार्ज बनेका छन्।

सुदूरपश्चिममा गणेश ठगुन्‍ना र नारदमुनी राना सहइन्चार्ज बनेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर