१७ चैत्र २०७७
सरकार थारू कल्याणकारिणी सभा बीच वार्ता सुरू भएको छ।
सांसद रेशम चौधरीको रिहाइलगायतका मुद्दामा दुई पक्षबीच बालुवाटारमा वार्ता सुरु भएको हो।
वार्तामा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बदल, प्रधानमन्त्रीका परर्राष्ट्र सल्लाहकार राजन भट्टराई र ओली निकट नेता भगवती चौधरी रहेका छन्।
त्यस्तै सभाको तर्फबाट महामन्त्री प्रेमिलाल चौधरी, थरुहट थारुवान संयुक्त संघर्ष समितिका तर्फबाट रुक्मिणी चौधरी, नेपाली कांग्रेसका नेता एवं सांसद पद्मनारायण चौधरी, कैलालीका नेता प्रभात चौधरी र थारु विद्यार्थी समाजको तर्फबाट चन्द्र प्रसाद चौधरी रहेका छन्।
सभाले रेशम चौधरीको रिहाई र टीकापुर घटनाका राजबन्दीलाई रिहाइ माग गर्दै माइतीघर मण्डलामा धर्ना दिएका थिए।
त्यसको केही दिनमै गृहमन्त्री थापा आफैँ धर्नामा उपस्थित भएर वार्ताका लागि आह्वान गरेका थिए।
सोही दिन सभाले १९ बुँदे मागपत्र गृहमन्त्रीलाई बुझाएका थिए।









