१२ चैत्र २०७७, बिहिवार

एजेन्सी ।  चीन हरेक क्षेत्रमा अगाडि छ । हालै चीनको एक गाउँको बारेमा यस्ता चर्चाहरु भए कि जुन कुरा सुनेर विश्वास गर्न मुश्किल छ ।

चीनमा यस्तो एउटा गाउँ छ जहाँ हर परिवार करोडपति छन् । विदेशी सञ्चारमाध्यमका अनुसार सुपर भिलेज नाम गरेका गाउँका हर व्यक्तिको खातामा १ करोड ५० लाख भन्दा बढी रुपैयाँ छ ।

डेलीमेलका अनुसार यस गाउँका हर व्यक्तिसँग भव्य घर, लक्चरीयस गाडी छ । चीनको जियांगसु प्रान्तको वाक्शी गाउँ दुनियाँको सबैभन्दा धनी गाउँ हो ।

यो गाउँ सुपर भिलेजको नामले दुनियाँभर चिनिन्छ । यस गाउँमा हेलिकप्टर, ट्याक्सी र पार्क पनि छ ।

यस गाउँमा चम्किला सडक छन् । आकाशमा उडान भरिरहेका हेलिकप्टर देखिनु सामान्य मानिन्छ ।

यो गाउँ सधै धनी भने होइन । एक समय थियो यहाँका मानसिहरु एकदमै गरीब थिए ।

गाउँलाई प्रगतिको शिखरमा पुर्याउने श्रेय भने कम्युनिष्ट पार्टीका स्थानीय सेक्रेटरी बू रेनाबोलाई जान्छ ।

रेनाबोले यो गाउँको विकासको खाका कोरेका हुन् । उनले कम्पनीको गठन गरेर सामूहिक खेतीको अवधारण ल्याएका थिए ।

अहिले यो गाउँ करोड डलरको कारोबार गर्ने कम्पनीमा गनिन्छ । जहाँ स्टिल र सिपिगं कम्पनीहरु छन् ।

गाउँका सबै घर एकै डिजाइनका छन् । धेरै कोठाहरु छन् । देख्नमा यी घर कुनै होटल भन्दा कम छैनन् ।

२०११ मा गाउँका मानिसले यस गाउँको ५० औं वर्षगाँठ एक अग्लो गगनचुम्बी भवन बनाएर मनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर