नेपाल कम्युनिस्ट पार्टी र नेकपा (माओवादी केन्द्र) बीच ३ बुँदे सहमति भएको छ । दुई कम्युनिस्ट पार्टीबीच दलाल पुँजीवादी सत्ताका विरुद्ध वैज्ञानिक समाजवादी व्यवस्था निर्माणार्थ संयुक्त रुपमा सहकार्य गर्ने, क्रान्तिकारीहरु बीच पार्टी एकताको लक्ष्य राखी संघर्षमा सहकार्य गर्ने र यो प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीहरुलाई पनि सहभागि बनाउने सहमति भएको हो । आज सार्वजिनक अकल्पनीय संकट ल्याएको भन्दै उनले त्यसको नयाँ ढङ्गको निकासमा पहल गर्नको निम्ति यो किसिमको राजनीतिक सहमति, राजनीतिक नीति र राजनीतिक वातावरण जरुरी भएको निष्कर्षसहित आफूहरुले सहमति गरेको दाबी गरे ।
नेकपा सचिवालय सदस्य समेत रहेका प्रकाण्डले अहिले देशमा भएको समस्याको समाधान आफूहरुले भनेको वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र हल गर्ने पनि उल्लेख गरे । उनले भने,– ‘अहिलेको समस्या र यसको निकासको निम्ति नेपाल कम्युनिस्ट पार्टीले भनेको
वैज्ञानिक समाजवादद्वारा हल गर्ने कि संसदवादी दलहरुले चलाएको संसदीय व्यवस्थाले हल गर्छ भन्ने कुरा जनतालाई रोज्न दिउँ । र, जनताले जे फैसला गर्छ, त्यो हामी पनि मान्न तयार हुन्छौँ ।
यसैलाई हामीले देशका समस्यालाई वार्ता, संवाद, जनताको सहकार्यद्वारा हल गर्ने भन्ने अहिलेको सहमतिको मर्म हो ।’









