
५चैत्र २०७७
काठमाडौं महानगरपालिका वडा नम्बर–३० का सचिवलाई अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गरेको छ ।
वडा सचिव भरतकुमार पोखरेललाई ४ लाख घुस रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
निर्माण सम्पन्न गरेका ठेकेदारको भुक्तानी रोकेर पोखरेलले घुस मागेका थिए ।
आयोगको स्टिङ अपरेशन टिमले ज्ञानेश्वरस्थित वडा कार्यालयबाट उनलाई पक्राउ गरेको हो । घुस रकम पोखरेलको दराजबाट बरामद गरिएको छ ।