५चैत्र २०७७

पूर्वराष्ट्रपति डा रामवरण यादवले राजनीतिक दलहरु जिम्मेवारपूर्ण रुपमा अघि बढ्नुपर्ने बताएका छन् ।

https://amzn.to/4myfPN5

चितवनमा आज पत्रकारसँग कुरा गर्दै उनले दलहरुले आआफ्नो भूमिका महत्वपूर्ण ढङ्गले निर्वाह गर्नुपर्नेमा जोड दिए ।

डा यादवले भने, “दलहरुलाई नेपाली जनताले हेरिरहेका छन् ।” उनले संविधान रक्षाका लागि सबैलाई जुट्न आग्रह पनि गरे ।

उनले भने, “म आशा गर्छु, राजनीतिक दलहरुले आ-आफ्नो कर्तव्य निर्वाह गर्नेछन् ।” देशलाई कसरी संविधानसम्मत चलाउने भन्ने जिम्मेवारी दलको भएको डा यादवले बताए ।

उनले भने “हामी लोकतन्त्रमा छौँ । यसको मर्यादा, लोकतान्त्रिक मर्मअनुसार प्रतिनिधिसभालाई सञ्चालन गरेर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ ।

सर्वोच्च अदालतको प्रतिष्ठा जनताका बीचमा स्थापित भएको छ । सबै संविधानको मर्मअनुसार चलौँ ।”

प्रतिक्रिया

सम्बन्धित खवर