५चैत्र २०७७

नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनका लागि राजनीतिक वातावरण बनिनसकेको बताएको छ ।

https://amzn.to/4myfPN5

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिले नै सरकारको नेतृत्व लिने वातावरण मिलिनसकेको बताउनु भएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री खान मरिहत्ते नगरेको पनि शर्माको दाबी छ ।

तर वातावरण बन्यो भने जिम्मेवारी लिनबाट पनि नभाग्ने मनस्थितिमा देउवा रहेको पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्री पदले नेपाली कांग्रेसको ढोका ढक्ढक्याएको भएपनि त्यसका लागि आवश्यक पृष्ठभूमि भने तयार भई नसकेको पनि शर्माको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर