५चैत्र २०७७
नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसद संसदीय दलकाे बैठक हाजिर गर्न बालुवाटार लागेका छन् ।
माधव–झलनाथ पक्षका सांसदको बैठकले संसदीय दलको बैठकमा हाजिर लगाएर फर्किने निर्णय गरेको हो । सोही अनुसार उक्त पक्षका स्थायी समिति सदस्य बाहेककाा सांसद बालुवाटार गएका हुन् ।
नेकपा एमालेको (माधव–झलनाथ) पक्षका सांसदहरु ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भेला भएर बालुवाटार हिँडेको सांसद दीपक प्रकाश भट्टले जनाकारी दिए । बालुवाटारमा ओलीले बोलाएको संसदीय दलको बैठक अघि उनीहरु हेरिटेज गार्डेनमा भेला भएका थिए । यसअघि हिजो नेता योगेश भट्टराईले राष्ट्रिय कार्यकर्ता भेलाका कारण आजको बालुवाटार बैठकमा सहभागी हुन नसक्ने जनाएका थिए ।
संसदीय दलका नेता केपी शर्मा ओलीले बालुवाटारमा संसदीय दलको बैठक बोलाएका थिए ।









