५चैत्र २०७७

केपी शर्मा ओली पक्षीय नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ ।

https://amzn.to/4myfPN5

बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

उक्त बैठकमा झलनाथ खनाल र माधव नेपाल पक्षीय सांसद भने सहभागी नहुने बताइएको छ ।

सर्वोच्च अदालतले नेकपा एमाले ब्युँताइदिएपछि एमालेभित्र विवाद झन झन बढ्दै गएको छ ।

ओली तथा खनाल र नेपालले आ आफ्नो भेला अलग अलग राख्दै आएका छन् ।

भेलामा एक अर्कामाथि आरोप प्रत्यारोप लगाउन होडबाजी नै चल्ने गरेको छ ।

खनाल र नेपाल पक्षको पनि बुधबारदेखि राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर