शेर्पालाई एमाले अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।
माओवादी आन्दोलनको अब औचित्य नरहेको भन्दै शेर्पाले प्रचण्ड फेरि पनि एमालेकै नेतृत्वमा फर्किने दावी गरे ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई असफल पार्न र हटाउन प्रचण्डले एमालेभित्र समिकरण बनाउन खोज्दा आफैं झन् कमजोर बनेको आरोप शेर्पाले लगाए ।
संखुवासभाका शेर्पा २०६४ सालअघि एमालेमै थिए ।