४ चैत्र २०७७, बुधवार

अंगुर हेर्दा जति आकर्षक लाग्छ, उति नै धेरै यसको फाइदा छ । यसको सेवनले कब्जियत, अपचदेखि मिर्गौला तथा मांसपेशीका समस्यासम्म फाइदा पुर्‍याउँछ ।

अंगुर सेवनको फाइदा :
१. अंगुरको सेवनले कब्जियत र अपचको समस्या हटाउँछ ।
२. यसको सेवनले थकान मेटाई शरीर स्फुर्त बनाउँछ ।
३. मिर्गौलाको समस्या समाधान गर्न पनि अंगुरको सेवन उपयोगी हुन्छ ।
४. हड्डी स्वस्थ राख्न, मोतिबिन्दु हुन नदिन पनि अंगुर अति उपयोगी मानिन्छ ।
५. अंगुरमा हुने पानीको मात्राले फोक्सोमा आद्रता बढाउँछ ।
६. यसको सेवनले दमका रोगीलाई पनि फाइदा पुर्याउँछ ।
७. यसमा हुने तामा, फलामजस्ता सुक्ष्मपोषक तत्वले हड्डी मजबूत पार्दछ ।
८. अंगुरले रगतमा नाइट्रिक एसिडको मात्रा बढाउँछ, जसले गर्दा रगत जम्न पाउँदैंन ।
९. यसको सेवनले हृदयाघात हुने सम्भावना कम गराउँछ ।
१०. यसमा हुने एन्टीअक्सिडेन्टले खराब कोलेस्टेरोलबाट बचाउँछ ।
११. बिहान–बिहान अंगुरको जुस पिउनाले माइग्रेन हुन पाउँदैंन ।
१२. अंगुरले दाँत सड्नबाट समेत रोकथाम गर्छ ।
१३. यसको सेवनले स्तन क्यासर, अल्जाइमर हुन दिँदैंन ।

अंगुरको बाहिरी फलमात्र होइन, भित्रको बियाँसमेत स्वस्थकर हुन्छ । अंगुरको बियाँले सुन्निने समस्या समाधान गर्छ भने मधुमेहका कारण आँखाको समस्या निम्तन दिँदैंन ।

प्रतिक्रिया

सम्बन्धित खवर