
४ चैत्र २०७७, बुधवार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी अध्यक्ष र महासचिवको सहमतिबिनै भेला गर्नेहरुले कुन विधि र पद्धतिको कुरा गरिरहनु भन्दै प्रश्न गरेका छन्।
माधव कुमार नेपाल पक्षीय नेता-कार्यकर्ताहरुले आज काठमाडौंमा राष्ट्रिय भेला डाकेका छन्। दुई दिन चल्ने भेलालाई शंकर पोखरेलले विधि र पद्धतिको कुरा निकाले हुन्।
‘पार्टीको नाममा भेला गर्न अध्यक्ष र महासचिवको सहमति नचाहिने भएपछि के विधि र पद्धतीको कुरा गरिरहनु?,’ उनले फेसबुकमा प्रश्न गरेका छन्, ‘जति रिस उठेनि घर त आफ्नै हो नि।’
अध्यक्ष केपी शर्मा ओली र महासचिव इश्वर पोखरेलले पनि गुट भेला नगर्द र गरेमा कारबाही गरिने चेतावनी दिइसकेका छन्।