२ चैत्र २०७७, सोमवार

तीन दिनसम्म मौसम बदली हुने भएको छ । स्थानीय र पश्चिमी वायुको प्रभावका कारण देशका केही भूभागको मौसममा बदली आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

https://amzn.to/4myfPN5

आज सोमबार दिउँसो र राति कर्णाली, गण्डकी र प्रदेश १ सहित देशका पहाडी भूभाका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।

३ गते मंगलबार पनि देशका पहाडी भूभागमा आंशिकरुपमा बदली हुने र चट्याङसहित सामान्य वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

३ गते कर्णाली, गण्डकी र प्रदेश १ सँगै बागमतीमा पनि पानी पर्नेछ । ४ गते बुधबार पनि पहाडी भू-भागहरुमा आंशिक बदली भई मेघगर्जन/चट्टयाङ्गसहित हल्का पानी पर्ने अनुमान गरिएको छ।

कर्णाली प्रदेश, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित पानी पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेत पनि गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर