
२ चैत्र २०७७, सोमवार
गल्याङ नगरपालिका स्याङ्गजा का मेयर भुपराज अधिकारिले विकासको नाम भन्दै मनपरीरुपमा काम गर्न थालेपछि सर्वत्र विरोध हुन थालेको छ ।
नगरपालिकाको वडान ११ र ३ को बीच मा रहेको दुइओटा खोला पुरेर बसपार्क बनाउने भन्दै करोडौ लाग्ने प्रोजेक्ट को सुरुवात गरेपछि विवादमा तानीएका छन ।
उक्तको प्रोजेक्टको डिपिआरनै तयार नपारी कुनै इन्जिनियर बिना मेयर र उनका आसेपासेहरुले धम्कि को भरमा काम सुरु गर्न थालेको स्थानियहरुले वताएका छन ।
वसपार्क वनाउनको लागि खोला पुर्नु पर्ने र खोला पुर्नको लागि गाउँका गरीव घरपरिवारलाई विस्थापित गर्ने किसिमले माटो खनेर पुर्नेकाम गर्न थालेपछि उनको आलोचना हुन थालेको हो ।
कसैले यो प्रोजेक्टको प्लानिङ्ग र इन्जिनियर संग कुरा गर्न खोज्यो भने फिल्डमा खटिएकाहरुलाई वोल्न समेत नदिई अपशब्द वोल्ने गरेको स्थानियहरुले जानकारी गराएका छन ।
नगरपालिकाले मनपरी गर्न थालेपछि स्थानियहरुले उक्त प्रोजेक्ट तत्काल रोक्नको लागि अदालतमा जाने निर्णयमा पुगेका छन ।