२८ फागुन २०७७
नेकपा एमालेको केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री महेश बस्नेतले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रको अस्थित्व नै समाप्त हुने दावी गर्नुभएको छ ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी तेह्रथुमको घोषणा सभा तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै बस्नेतले नेपालको कम्युनिष्ट आन्दोलनलाई गंभिर समिक्षा गरी अगाडी बढ्नुपर्ने ठाउँमा पुगेको उल्लेख गर्नुभयो ।
उहाँले अबको निर्वाचनपछि माओवादी गुगलमा भेटिने तर भुगोलमा नभेटीने दावी समेत गर्नुभयो ।
प्रचण्डले नेतृत्व गरेको माओवादीले २०६४ सालमा २४० प्रत्यक्ष सिट मध्ये १२० सिट जित्न सफल भएको तर ७४ मा आइपुग्दा घटेर ३६ सिटमा आइपुगेको त्यो ३६ सिट र समानुपातीक १७ गरी ५३ सिट पनि केपी ओलीको बैशाखी टेकेर प्रचण्डले प्राप्त गरेको बताउनु भयाे ।
नेता बस्नेतले प्रधानमन्त्री ओलीकै कारण २०७४ सालमा एमालेले १२१ सिट जित्न सफल भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीको नेतृत्वकै कारण प्रचण्डले एमालेलाई लुट्ने योजना असफल भएको भएको दावी गर्दै नेता बस्नेतले प्रचण्डको पार्टी अध्यारो युगमा प्रवेश गर्ने तथा ओलीको पार्टी उज्यालो दिप भएर युग परिवर्तनमा अगाडी बढ्ने बताउनुभयो ।
सत्ता बन्दुको नालबाट नभई जनताको मतबाट प्राप्त गर्ने एमालेको सिद्धान्त रहेको बताउँदै उहाँले सरकार बनाइसकेपछि प्रगतिशिल बाटोमा अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।
मनमोहन अधिकारीले आफ्नो गाउँ आफै बनाउँ, बृद्धभक्ता कार्यक्रम, असहाय भक्ता कार्यक्रमलगायतका असंख्य जनमूखी तथा लोकप्रिय कार्यक्रम ल्याएको उल्लेख गर्दै उहाँले मनमोहनकै पालाको कार्यक्रमलाई पच्छ्याउँदै प्रधामनन्त्री केपी ओलीले सडक, शिक्षा, स्वास्थ्य, सुरुङ युग, रेल युग, ३९६ वटा अस्पतालहरु एकै दिन शिलान्यास भएको, धरहरा निर्माण, मेलम्चीको खानेपानी काठमाडौँमा आएको, दुई दर्जनभन्दा बढी सुरुङहरु निर्माणको क्रममा रहेको, सिके राउत, विल्पव जस्तालाई राज्यको मुल धारमा ल्याई शान्ति स्थापनालगायतका असंख्य कामहरु भइरहेको जानकारी गराउनुभयो ।
नेता बस्नेतले माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लडाकु समायोजनका नाममा गरिको करिव ३० अर्व भन्दा बढी घोटला गरेको बताउनुभयो ।
उक्त रकमको सहि जवाफ दिन नसके प्रचण्ड जेलको कालो कोठरीमा जानुपर्ने निश्चित रहेको समेत उहाँले प्रष्ट पार्नुभयो ।
प्रचण्डले संघिय सरकारमा प्रधानमन्त्री ओलीलाई दिएको विश्वासको मत फिर्ता लिएमा माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्री भएका सुदुरपश्चिम तथा कर्णाली प्रदेशका मुख्यमन्त्री पनि तत्काल हट्ने बताउनुभयो ।









