२७ फागुन २०७७

नेकपा नामबारे सर्वोच्च अदालतको फैसलाले ऋषि कट्टेलको नेकपालाई वैधानिकता दिँदै अदालतले सत्तारूढ नेकपाको दर्ता मात्रै गरेन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ मा भएको एकतासमेत भंग गरिदियो।

https://amzn.to/4myfPN5

त्यसपछि फागुन २४ मा पेरिसडाँडामा बसेको प्रचण्डमाधव समूहको स्थायी कमिटीको बैठकले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) दुवै पार्टी अलग–अलग भएर जाने निर्णय गर्यो।

माधवकुमार नेपाल र झलनाथ खनालसहित पूर्वएमाले नेताको समूह पुरानै पार्टीमा फर्किने निष्कर्षमा पुगेको छ।

नेता झलनाथ खनालले दुवै पार्टी अलग–अलग भएको जानकारी दिए।

उनले एकीकृत भइसकेका पार्टीहरुलाई कानुनले नै दुईवटा पार्टीमा विभाजन गरेको भन्दै अदालतले गरेको फैसलालाई कार्यान्वयन गर्दै पार्टी एकताका पक्षमा काम गर्ने बताए।

नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठक अन्तिम भएको बताए।

उनले एमाले र माओवादी केन्द्रबीच पुनः पार्टी एकता गर्ने पहल जारी राख्ने बताए।

प्रचण्ड–माधव नेपाल पक्षको स्थायी कमिटी बैठकको निर्णयबारे जानकारी दिँदै उनले केपी शर्मा अ‍ोलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने बताए।

आइतबार सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताइदिए पछिका दुई दिनमा विकसित घटना थियो यो।

सर्वोच्च अदालतले गरेको फैसलापछि नेकपा एमालेको त्यही पुरानो कमिटी अस्तित्वमा आयो।

तीमध्ये विभिन्न कारण स्थान रिक्त भएकाले हाल २ सय २५ केन्द्रीय सदस्य छन्।

जसमध्ये केपी शर्मा ओलीसँग १ सय १७, माधव नेपालसँग १ सय ४, वामदेव गौतमसँग २ सदस्य छन् भने तीन जनाको पक्षधरता स्पष्ट हुन सकेको छैन।

अब बन्ने नेकपा एमालेको समीकरण पूर्वनिर्धारितजस्तै भएको महेश बस्नेतले बताए।

जसअनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग १ सय १७ जना केन्द्रिय सदस्य रहेको बुझिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर