 
							२७ फागुन २०७७
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा लागि सुरक्षा व्यवस्थान पूरा गरेको छ।
महाशिवरात्रि पर्वका लागि पशुपतिनाथ मन्दिरमा मंगलबार बेलुकासम्म तीन हजारभन्दा बढी साधुसन्त पशुपति क्षेत्रमा आइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
महाशिवरात्रिमा देशभर तथा भारतबाट हजारौंको संख्यामा श्रद्वालु भक्तजन तथा साधुहरु भगवान शिवको दर्शन गर्नका लागि पशुपतिनाथ आउने गर्छन्।
यस वर्ष पशुपतिनाथमा महाशिवरात्रिमा करिब १० लाख श्रद्वालु भक्तजन तथा साधुहरु दर्शन गर्न आउने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनाश्याम खतिवडाले बताए।
गत वर्षको तुलना यो वर्ष दर्शन गर्नका लागि श्रद्धालुहरुको संख्या घटेको उनले बताए।
दर्शनका लागि आउने श्रद्वालु भक्तजनहरुले स्वास्थ्य सरक्षाको मापदण्ड अपनाउनु पर्ने उनको भनाई छ ।
‘कोरोना महामारी अझै गईसकेको छैन्। श्रद्धालुहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य अपनाउनु पर्ने हुन्छ’, उनले भने, ‘हामीले मास्क नलगाएकालाई लाईन बस्न निषेध गरेका छौं। अचानक लाईनमा बस्दै गर्दा कसैलाई ज्वरो आएमा तुरुन्त घर फर्काउने व्यवस्था पनि गरिएको छ।’
चार बजे नै खुले पशुपतिका चार ढोका
यसैबीच भक्तजनको सुविधाका लागि बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए।
यस वर्ष कोरोना महामारीको जोखिम कायमै रहेकाले आठ लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्नसक्ने गरी व्यवस्थापन गरिएको छ।
विगत वर्षमा महाशिवरात्रिका दिन १० लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्रमा पुग्ने गरेका थिए।
यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रुपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्नसक्ने व्यवस्था गरिएको छ ।
अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ताचप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गरिएको छ ।
मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन-तीन र पश्चिमबाट चार वटा भित्री लाइन व्यवस्थापन गरिएको छ ।
दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारी, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com