२६ फागुन २०७७

महाशिवरात्रि पर्वका दिन भोलि बिहीबार काठमाडौंका विभिन्न स्थानमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ।

https://amzn.to/4myfPN5

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले एक सूचना जारी गर्दै पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी चल्‍न नदिने भएको हो ।

भोली चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर मैतीदेवी मोडबाट, रातोपुल हुँदै गौशालातर्फ जाने यातायात सेवा निषेध गरिने छ ।

यसैगरी द्वारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामापोखरी कुटुबहादलबाट मित्रपार्क, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्क, तिलगंगाबाट गौशालातर्फ पनि गाडी चलाउन निषेध गरिने ट्रफिक प्रहरी महाशाखाले जनाएको छ ।

यसैगरी मालबाहक सवारी साधनहरु तिनकुनेबाट सिनामंगल, तिलगंगातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ, सिनामंगल पुलबाट करिडोर हुँदै होटल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन पनि निषेध गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

दर्शनार्थी र तिर्थयात्रीहरुका लागि सिफलचौर र तिलगंगामा पार्किङको व्यवस्था मिलाइएको छ ।

यसैगरी देवउद्यानस्थित पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका सवारी साधन तथा सेवाप्रदायक संस्थानका साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारि पार्किङ स्थान तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर