२५ फागुन २०७७

नेकपा एमालेले माओवादी केन्द्रमा परिणत भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहितका नेता तथा मन्त्रीहरुसँग पार्टी एकतामै रहने गरी छलफल अघि बढाएको छ ।

https://amzn.to/4myfPN5

प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले बादल, टोपवहादुर रायमाझी, लेखराज भट्टलगायतका नेताहरूसँग छलफल चलिरहेको स्रोतले जनाएको छ ।

सर्वोच्च अदालतको फैसला आएकै दिन प्रधानमन्त्रीले ती नेताहरुसँग छलफल गर्दा उनीहरुले ओलीको साथ नछाड्ने बताएका थिए ।

स्थायी कमिटी सदस्य तथा मन्त्री मणि थापाले  आफूहरू माओवादी केन्द्रमा नफर्कने बताए ।

माओवादी नेताहरुले सांसद पद गए पनि ओलीको साथ नछाड्ने बताइरहेका छन् ।

प्रतिनिधिसभामा माओवादी केन्द्रका सांसद टोपवहादुर रायमाझी, प्रभु साह,लेखराज भट्ट र गौरीशंकर चौधरी छन् । विभिन्न प्रदेशससभाका सदस्यहरु पनि ओली पक्षमा लागेका छन् ।

राजनीतिक, कानुनी परामर्श र एमालेमा समाहित हुँदाको संगठन तथा पदीय समायोजनबारे पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर