२३ फागुन २०७७

सांसद महेश बस्नेतले आफूहरु आजको संसद बैठकमा नेकपा (एमाले) कै हैसियतमा उपस्थित भइएको प्रतिक्रिया दिएका छन् ।

https://amzn.to/4myfPN5

सदन बैठकमा सहभागी जानकारी दिँदै फोटोसहित उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपा (एमाले) को सांसदको हैसियतले सदनमा उपस्थित भइएको छ।’

सर्वोच्च अदालतले आइतबार नेकपा नामबारेको विवादमा ऋषि कट्टेल नेतृत्वको पार्टीलाई आधिकारिकता दिएको थियो ।
सर्वोच्चको फैसला अनुसार मुद्दा हारेको केपी ओली–प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पूर्ववत् नेकपा एमाले र नेकपा माओवादी केन्द्र कायम हुने भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर