२२ फागुन २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक बोलाएका छन्।
बैठक शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ।
बैठकमा यो त्यो समूह नभनिकनै नेकपाका सबै सांसदलाई निम्तो दिइएको छ।
बैठकमा आइतबार बस्ने प्रतिनिधिसभाको अधिवेशनलाई कसरी प्रभावकारी बनाउने, त्यहाँ आउन सक्ने सम्भावित एजेण्डामा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।