२१ फागुन २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको प्रचण्ड-नेपाल समूहतर्फ इङ्गित गर्दै उनीहरू ‘देशलाई बर्बाद गर्न लागिपरेको’ आरोप लगाएका छन्।

https://amzn.to/4myfPN5

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच बिहीवार भएको सहमतिमा हस्ताक्षर गर्न शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गरेका प्रधानमन्त्रीले प्रचण्ड-नेपाल समूहको चर्को आलोचना गरे।

आफ्नो सम्बोधनको एक तिहाइ जति समय उनले नेकपाको प्रचण्ड-नेपाल समूह चर्को आलोचना गर्नमै खर्चेका थिए।

प्रचण्ड-नेपाल समूहले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेकै दिन प्रधानमन्त्री ओलीले भने, “संसदीय दलको बैठक गर्दैछन् भन्ने सुनेको थिएँ। कुन दलको हो थाहा छैन। दलका नेता यहाँ छु।”

‘अचम्म लाग्छ, लाग्दैन पनि’

उनले नेताद्वय प्रचण्ड र माधवकुमार नेपाललाई देखेर आफूलाई अचम्म लाग्ने पनि गरेको र नलाग्ने पनि गरेको टिप्पणी गरे।

ओलीले भने, “उहाँहरू लाग्नुभएको छ मरिमेटेर। उहाँहरूलाई देखेर मलाई अचम्म लाग्छ पनि, लाग्दैन पनि। किनकि उहाँहरू त्यस्तै हो।”

आफ्नै पार्टीका प्रधानमन्त्रीलाई हटाएर अरू दलका नेतालाई प्रधानमन्त्री बनाउन प्रचण्ड-नेपाल समूह लागिपरेको पनि प्रधानमन्त्रीले आरोप लगाए।

“हामी बनाउँछौँ नि तपाईँलाई प्रधानमन्त्री। हामी छौँ नि तपाईँको पछाडि लाग्ने भन्दै उहाँहरू हिँड्नुभएको छ,” उनले थपे।

‘सरकार ढाल्न उधुम प्रयास’

प्रचण्ड-नेपाल समूहको गतिविधि कुनै पनि राजनीतिक दर्शनबमोजिम नरहेको प्रधानमन्त्रीको भनाइ थियो।

“यो कुन आइडिओलोजीभित्र पर्छ मलाई थाहा छैन। मैले पढेको मार्क्सवादमा यो पर्दैन।”

“यो सरकारलाई ढाल्न उधुमको प्रयास भइरहेको छ,” ओलीले थपे।।

ओलीले आफूहरूले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव अनुचित ढङ्गले राखेका नराखेको र नराख्ने पनि जिकिर गरे।

भ्रष्टाचार नियन्त्रणदेखि विकास निर्माणका दिशामा सरकार सफल रहेको प्रधानमन्त्रीले दाबी गरे।

बिबिसीबाट

प्रतिक्रिया

सम्बन्धित खवर