१९ फागुन २०७७, बुधवार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने प्रस्ताव आएमा जिम्मेवारीबाट नभाग्ने प्रष्ट गर्नुभएको छ ।

चितवनमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेसलाई पदको लोभ नभए पनि जिम्मेवारीबाट नभाग्ने भन्दै भन्नुभयो, ‘कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन । काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन ।’

संसदमा प्रमुख प्रतिपक्षी दलका नेता देउवाले आफूले कसैसँग प्रधानमन्त्री पद नमागेको भन्दै प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने जिकीर गर्नुभयो ।

पार्टीमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले अहिले कांग्रेस सरकारमा जानेबारे सोच्न नहुने बताइरहँदा देउवाले पौडेलतर्फ इंग्गित गर्दै ‘शेरबहादुर प्रधानमन्त्री हुन नहुने भन्ने सानो चित्त नगर्न’ आग्रह गर्नुभयो ।

बुधबार नै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पनि दाहाल–नेपाल पक्षसँग मिलेर सरकारमा जानुपर्ने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर