
१९ फागुन २०७७, बुधवार
रुपन्देहीको सैनामैनामा प्रथम मेयरकप बि लेबल व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । सैनामैना नगरपालिकाको आर्थिक सहयोग तथा दुधराक्ष युवा क्लबको आयोजनामा शुक्रबारदेखि प्रतियोगिता हुने भएको हो ।
सैनामैना-६ दुधराक्ष ब्याडमिन्टन क्लबको कोर्टमा आयोजना हुने मेन्स डबल्स प्रतियोगितामा ३० समुहको सहभागिता रहने भएको छ ।
प्रतियोगिताको विजेताले ५५ हजार ५५५ नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
उप विजेताले ३३ हजार ३३३ रुपैयाँ नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने तृतीय हुने दुई समुहलाई ११ हजार १११ रुपैया प्रदान गरिने छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख चित्रबहादुर कार्कीले सैनामैनामा खेलकुदको विकासका लागि आवश्यक बजेटको व्यवस्ता गरेको बताए ।