
१९ फागुन २०७७, बुधवार
मुगु जिल्लामा पछिल्लो समयमा स्याउका बिरुवा उत्पादन गर्ने कृषकहरुको संख्या वृद्धि भएसँगै उत्पादन पनि बढेको छ ।
तर किसानले उत्पादन गरेको स्याउनको बिरुवा बिक्री नहुँदा कृषकहरु निरास भएक छन् ।
जिल्लाको स्याउ पकेट क्षेत्र मानिएको ताल्चा, बाम, रोवा, कालापाल्तलगायत क्षेत्रका कृषकले यो वर्ष उत्पादन गरेका रेड डेलिसियस, इटालियन फुजी, रोयल डेलिसियस, रोयल गोल्डेन, जोनाथन काले र पोलिनाइजर भाले जातका स्याउका बिरुवा बिक्री नभएको कृषकहरु बताउँछन् ।
गर्त वर्ष विरुवा कम उत्पादन हुँदा माग बढी भएकाले यस वर्ष विरुवाको उत्पादन अनुसार बिक्री नहुँदा किसानको लगानी खेर गएको हो ।
मुगुमा स्याउका विरुवा उत्पादन बढी भएपनि यहाँका किसानहरुले स्याउका सरकारी दररेटको मूल्य पाएका छैनन् ।
सरकारी दर रेटअनुसार प्रत्येक विरुवाको मूल्य ७० रुपैयाँ रहेपनि किसानले सो भन्दा कम मूल्यमा बिक्री गरेका छन् ।