३ फागुन २०७७, सोमवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य डा राजन भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिका लागि ताजा निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन्।

प्रवासी नेपाली एकता मञ्च पोर्चुगलको भर्चुअल विशेष भेलाको उद्घाटन कार्यक्रममा उनले राजनीतिक स्थायित्व र समृद्धिको अभियानलाई पूरा गर्न ताजा जनादेशमा जान खोजिएको स्पष्ट पारे।

प्रतिनिधिसभा विघटन रहर नभई बाध्यता भएको उल्लेख गर्दै निर्वाचनलाई सफल पार्न प्रवासी नेपाली सबैको साथ र सहयोग अपरिहार्य हुनेमा उनले जोड दिए।

कार्यक्रममा प्रवासी नेपाली मञ्च युरोपका पूर्वउप संयोजक पुष्पराज तिमिल्सिनाले प्रवासी नेपालीको समस्यामा केन्द्रित भएर लाग्नुपर्ने बताए।

नेपालमा पछिल्लो समय प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटनसँगै नेकपामा देखिएको विवाद देखिएपछि विभिन्न कमिटी दुई भागमा विभाजन हुन थालेका छन्। यसै क्रममा प्रधानमन्त्रीको कदमलाई स्वागत गर्दै राष्ट्रिय नयाँ समिति विस्तार गरिएको छ।

मदन लिम्बुको संयोजकत्वमा १२५ सदस्यीय विस्तारित कमिटी चयन गरिएको छ।

गठित कमिटीको उपाध्यक्षमा राजाराम लामिछाने, अमृत रिजाल, धनिराम पौडेल, एस तिमिल्सिना र दयासागर लामिछाने, महासचिवमा दीपक खत्री, उपमहासचिवमा मिलन रेग्मी र एस अधिकारी सचिवमा पि गिरी, शिवसागर बुढाथोकी, राजेन्द्रप्रसाद डुम्रे, यानी कँडेल, सुदीप विश्वकर्मा र विक्रम रिमाल रहेका छन्।

कोषाध्यक्षमा एस शर्मा, सहकोषाध्यक्षमा अनिता केसी र नविन थापा, अलेन्तेजो इञ्चार्जमा धर्मराज बराल तथा आल्गार्भ इञ्चार्जमा चक्रपाणि बस्याल चयन भएका छन्।

प्रवासी नेपाली एकता मञ्च पोर्चुगलका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षता भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर