२ फागुन २०७७, आइतवार

नेपाली कांग्रेसले फागुन ५ गते बुधबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

https://amzn.to/4myfPN5

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै बुधबार दिनको २ बजे  केन्द्रीय कार्यसमिति बैठक बस्‍ने जानकारी दिएका हुन ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रिण केन्द्रीय सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

कांग्रेसले आगामी शुक्रबार पार्टीको १४ औं महाधिवेशनको उदघाटन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।

कोभिड-१९ महामारीका कारण त्यो कार्यतालिका अनुरुप काम नभएकाले महाधिवेशन हुन सक्ने सम्भावना देखिएन ।

तसर्थ महाधिवेशनको मिति सार्न कांग्रेसले केन्द्रीय कार्यासमिति बैठक बोलाएको जनाइएको छ ।

यसैगरी  बैठकमा कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनविरुद्ध गरेको तेस्रो चरणको आन्दोलनको समिक्षासमेत  गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर