२९ माघ २०७७, बिहिवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई रिहाइको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।

झाँक्री पक्राउविरुद्ध अधिवक्ता गुणराज आचार्यले बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्च अदालतमा दर्ता गराएका हुन ।

उक्त निवेदन सर्वोच्च प्रशासनले दर्ता गरेको र आइतबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

बिहीबार प्रहरीले शंखमूलस्थित झाँक्रीको आफ्नै घरबाट पक्राउ गरेको थियो ।

राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

झाँक्रीलाई महानगरीय अपराध महाशाखा, मीनभवनमा राखिएको छ ।

झाँक्री पक्राउको प्रतिपक्षी दलका नेताहरु विरोध जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर