२९ माघ २०७७, बिहिवार

प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि बिहिबार प्रधानमन्त्री र सभामुखको तर्फबाट बहस सकिएको छ ।

प्रधानमन्त्रीको तर्फबाट सरकारी वकिलले बहस सक्काएसँग बिहिबारै सभामुख अग्नी सापकोटाको तर्फबाट बहस सुरु भएको थियो । सभामुखको तर्फबाट श्रीकृष्ण सुवेदी, श्याम कुमार खरेल र लव मैनालीले बहस सकाएका छन्।

सभामुख पक्षले संसदले प्रधानमन्त्रीलाई असहयोग नगरेको, संविधानमा बाध्यात्मकमात्रै विघटन भएको, बहुमतको प्रधानमन्त्रीले विघटन गर्न नपाउने, धारा ७४ संसदीय व्यवस्था मात्र होइन बहुलवादमा आधारित समेत भनिएको लगायतका तर्क गरेका थिए।

आइतबारदेखि निवेदक पक्षका वकिलले जवाफी बहस गर्नेछन्।

त्यसपछि एमिकस क्युरीले राय सुझाव प्रस्तुत गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर