
२८ माघ २०७७, बुधवार
बलिउड अभिनेत्री तथा मोडल गहना वशिष्ठमाथि पोर्न भिडियो निर्माणको आरोप लागेको छ ।
पोर्न भिडियो निर्माण गरी वेभसाइटमा राखेको आरोपमा उनलाई पक्राउ गरिएको जानकारी मुम्बई प्रहरीले दिएको छ ।
उनलाई यो कार्यमा अन्य मोडल, सहायक अभिनेत्री र केही निर्माण कम्पनीले साथ दिएको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरूलाई पनि एडल्ट फिल्म मोबाइल एप तथा वेभसाइटमा सम्पादन गरेर अपलोड गरेको आरोप लगाइएको छ ।
एक प्रहरी अधिकारीका अनुसार अभिनेत्री गहना वशिष्ठले ८७ अश्लील, पोर्न भिडियो बनाइसकेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
उनले ती सबैलाई आफ्नो वेभसाइटमा अपलोडसमेत गरेकी छन् । अपलोड गरिएका भिडियो हेर्न सदस्यता लिनुपर्छ ।
उनको च्यानलको सदस्यता लिनेले दुई हजार रुपैयाँ तिर्नुपर्छ ।
पछिल्लो समय अभिनेत्री गहना अल्ट बालजीको वेभसिरिज ‘गन्दी बात’मा समेत देखिएकी थिइन् ।