२८ माघ २०७७, बुधवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज आह्वान गरेकाे बिराेधसभाका कारण बिहानैदेखि काठमाडौं उपत्यकको यातायात प्रभावित भएको छ।

https://amzn.to/4myfPN5

ट्राफिक प्रहरीका अनुसार जुलुस बिहान ११ बजेपछि सुरु हुने भए पनि बिहानैदेखि यातायात आवागमनमा असर परेको हो ।

ठूला गाडीलाई चक्रपथभित्र प्रवेश गर्न पूर्ण रूपमा रोक लगाइएको छ भने कालीमाटी, थापाथली, लैनचौर, रत्नपार्क, पुतलीसडक क्षेत्रतिर आउने साना गाडीलाई पनि डाइभर्सन गरिएको छ।

जसले गर्दा बिहानैदेखि जाम सुरु भएकाे महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर