२७ माघ २०७७, मंगलवार

सरकारले सामाजिक सञ्जाललाई समेत नियन्त्रण गर्न निर्देशिका जारी गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मंगलबार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै यस्तो जनाएका हुन् ।

https://amzn.to/4myfPN5

मन्त्री गुरुङले भने, ‘पछिल्ला दिनमा अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा, उत्तेजक, व्यक्ति केन्द्रित र सम्मानीत राष्ट्रप्रमुख प्रति पनि केहि अभिव्यक्ति दिने, त्यसलाई सामाजिक सञ्जाल र केहि जिम्मेवार अनलाइनमा समाचार प्रसारण गर्ने गरेको पाइएको छ ।’

उनले अगाडी थपे, ‘अभिव्यक्ति स्वतन्त्रताको नाममा दर्ता विनै अनलाइन, युटुब, फेसबुकहरुको विकृति रोक्न छिट्टै हामीले सामाजिक सञ्जाल सञ्चालन नियन्त्रण सम्बन्धी निर्देशिका २०७७ जारी गर्दैछौं ।’

उनले चेतावनी दिदै भने, ‘जसले हाम्रो समाजलाई अराजकता तर्फ, विकृती विसंगती तर्फ, सञ्चार क्षेत्र र आम सञ्चाकर्मीहरुलाई अराजक हुने, अमर्यादित हुने र गैर जिम्वेबार हुने तर्फ सरकार सचेत गराउन पनि चाहन्छ । र, यसलाई कानुन बमोजिम कारबाही गर्न आवश्यक निर्देशिका आवश्यक छ भन्ने महशुस भएर यो र्निेशिका जारी गर्न लागेका हौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर