२७ माघ २०७७, मंगलवार

प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा आन्दोलित नेकपाको माधव प्रचण्ड गुटले आफूलाई समर्थन गर्न अन्तर्राष्ट्रिय समुदायसँग औपचारिक अपिल गर्ने भएको छ ।

https://amzn.to/4myfPN5

अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्ड माधव गुटले अन्तर्राष्ट्रिय समुदायसँग संयुक्त छलफलमा जाने बताएको हो ।

आमसभाको अघिल्लो दिन अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीसँग भेटघाट गरेको हो ।

‘लोकतन्त्रको पक्षमा हुने सबैको समर्थन हामीलाई चाहियो भनेर औपचारिक अपील गरेका छौं, अलग–अलग भेटेर कुरा गरेका छौं,’ प्रचण्डले भने, ‘अन्तर्राष्ट्रिय समुदायसँग छिट्टै संयुक्त छलफलसमेत हुनसक्छ ।’

प्रचण्डले सर्वोच्च अदालतले संविधानको भावना अनुसार नै फैसला गर्नेमा आफू विश्वस्त रहेको बताए ।

उनले आगामी निर्वाचन असंवैधानिक र अलोकतान्त्रिक हुने बताए ।

यद्यपि प्रचण्डले आफूहरु निर्वाचन विरोधी नभएको भन्दै उनले शान्तिपूर्ण प्रतिस्पर्धा, आवधिक निर्वाचन र स्वतन्त्र न्यायपालिकामा आफूहरुको प्रतिवद्धता रहेको र शान्ति सम्झौतापछि पटकपटक निर्वाचनमा सहभागी भएर त्यसलाई सावित गरिसकेको उनले बताए ।

प्रचण्डले भने, ‘ओलीले निर्वाचन गराउन खोजेका हुन् भन्ने लागेको छैन, अब त वैशाखमा चुनाव हुन सक्दैन भन्ने लगभग पुष्टि भइसक्यो ।’

प्रतिक्रिया

सम्बन्धित खवर