२७ माघ २०७७, मंगलवार

पछिल्लो २४ घण्टामा १ सय ६० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक गरेको पछिल्लो विवरणअनुसार देशभर १ सय ६० जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या २ लाख ७२  हजार २ सय १५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ सय ६५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।

कोरोनामुक्त हुने संक्रमितको संख्या २ लाख ६८ हजार ४ सय ३१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ३७ छ ।

पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर