
२६ माघ २०७७, सोमवार
धरान उपमहानगरका सफाइ कर्मचारीमाथि भर्खरै छुरा प्रहार भएको छ ।
धरान–१५ का सफाइ कर्मचारी २० वर्षीय कैलाश मरिकमाथि छुरा प्रहार भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार मरिकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
मरिकको ढाँडमा छुरा प्रहार गरिएको छ ।
स्थानीयका अनुसार विवादको क्रममा मरिकमाथि प्रहार गरिएको थियो ।
तर, घाइते मरिकले आफूलाई प्रहार गर्ने व्यक्ति नचिनेको प्रहरीलाई बताएका छन् ।
‘खैं कसले हान्यो हान्यो भन्छ,’ डिएसपी बस्नेतले फोनसम्पर्कमा भने, ‘घटना भर्खरै भएकाले अनुसन्धान हुँदै छ ।’