२६ माघ २०७७, सोमवार
इन्टरनेटमा भाइरल बन्न अहिलेका पिढी अनेकन क्रियाकलाप गर्ने गर्छन्। तर त्यस्ता क्रियाकलाप गर्नेहरुले आफ्नो ज्यानसमेत गुमाउनुपुगेका हुन्छन्।
हालसालै यस्तै घटना अमेरिकामा भएको छ। युट्युबमा भाइरल बन्नका लागि एक युवा त्यस्तै भिडिया बनाउन निस्किन्छन्।
अमेरिकाको नैशवाइलमा टिमोथी विल्क्स नामका २० वर्षीय युवा चोरीको प्र्यांक भिडियो बनाइरहेका थिए।
उनीसँगै एउटा साथी पनि थिए। चोरीको प्र्यांक गरिरहेका टिमोथीलाई गोली हान्दा उनको मृत्यु भएको छ। प्रहरीका अनुसार उनीहरु चोरको भेषमा चक्कु लिएर मानिसहरुलाई भम्क्याउँदै भिडियो सुट गरिरहेका थिए।
उनीहरुसँग डराएर डेविड नामका व्यक्तिले उनीहरुलाई गोली हानेका थिए।
२३ वर्षीय डेविडले यो कुनै प्रकारले पनि प्र्यांक नलागेको स्पष्ट पारेका छन्। उनले आत्मसुरक्षाका लागि गोली हानेको बताएका छन्। यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।