
२५ माघ २०७७, आइतवार
पाल्पामा जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पाल्पा रिब्दिकोट गाउँपालिका बस्ने वर्ष २१ को दिपक नेपाली पक्राउ परेका हुन् ।
उनले १७ वर्षीय किशोरीलाई घरमा सुतिरहेको अवस्थामा अचानक जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा प्रकाउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरिक्षक लक्ष्मण पचभैयाले आज उनी विरुद्ध जाहेरी दरखास्त आएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरिएको जानकारी दिए ।