
२५ माघ २०७७, आइतवार
अभिनेत्री गहना वशिष्ठलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।
एकता कपुरको वेबसिरिज गन्दी बातकी अभिनेत्री पक्राउ परेकी हुन् ।
उनीविरुद्ध आफ्नो वेबसाइटमा अश्लील भिडियो अपलोड गरेको आरोप लागेको छ ।
मुम्बई क्राइम ब्रान्चका अनुसार, गहनाले आफ्नो वेबसाइटमा पोर्न भिडियो खिचेर अपलोड गर्ने गरेकी छन् ।
भारतीय सञ्चारमाध्यम जी न्युजको खबरअनुसार, गहना आज (आइतबार) अदालतमा उपस्थित हुनेछिन् ।
उक्त घटनामा संलग्न रहेको आरोपमा अन्य केही अभिनेत्री र प्रोडक्शन हाउसका कर्मचारीलाई समेत पक्राउ गरिएको छ ।
अभिनेत्री गहना एकता कपुरको एडस्ट सिरिज गन्दी बातमा प्रमुख भूमिकामा देखिएकी छन् ।
उनले यसअघि मिस एसिया बिकिनीको उपाधि समेत जितिसकेकी छन् ।