२५ माघ २०७७, आइतवार
संसद विघटनविरुद्धका रिटमाथि बहस भइरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहसकर्तालाई १५ मिनेटको समय तोकिएको छ ।
आजको संवैधानिक इजलासको सुरुवातमै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सरकारतर्फका बहसकर्तालाई १५ मिनेटको समय तोकेका हुन् ।
यसअघि, रिट निवेदक तर्फका वकिलहरुलाई पनि २० मिनेटको समय तोकिएको थियो ।
गत सोमबारदेखि इजलासमा सरकार पक्षका वकिलहरुले बहस गरिरहेका छन् ।
आज सरकारी वकिलको बहस सक्नेगरी प्रधानन्यायाधीश राणाले समय तोकेका हुन् ।









