२३ माघ २०७७, शुक्रवार
चीनको प्रमुख टेक कम्पनीहरु एक आपसी विवादमा परेका छन् ।
टिकटकको मालिक बाइटडान्स र अर्को टेक कम्पनी टेन्सेन्ट अदालत पुगेका छन्।
टिकटकको मालिक बाइटडान्सले टेन्सेन्टको विरुद्ध मुद्दा दायर गरेको छ।
बाइटडान्सको अनुसार टेन्सेन्टले अविश्वास कानूनलाई तोडेर वीच्याट र क्यूक्यूको कन्टेन्टलाई डुईनबाट पहुँच दिएको थिएन।
वीच्याट र क्यूक्यूको करिब दुई अर्ब मासिक सक्रिय प्रयागकर्ता रहेका छन् ।
डुईनको भने करिब ६० करोड मासिक सक्रिय प्रयागकर्ता रहेको अनुमान छ ।
डुईन भनेको टिकटकको चिनियाँ भर्सन हो ।
बाइटडान्सले टेन्सेन्टबाट क्षतिपूर्ति स्वरुप भुक्तानीको रुपमा १४ मिलियन डलर मागेको छ।
बाइटडान्सले आफ्नो र प्रयोगकर्ताहरुको अधिकार राख्नका लागी मुद्धा हालेको बताएको छ ।
चीनले हालैमा ज्याक माको अलिबाबा ग्रुप विरुद्ध पनि अविश्वास कानून तोडिएको छ की छैन भन्ने बारे अन्वेषण गरिरहेको छ ।