२३ माघ २०७७, शुक्रवार
प्रधानमन्त्री केपी शर्मा ओलीले आज काठमाडौंमा भएको सभा कास्टिङमात्र भएको बताउनुभएकाे छ ।
सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आमसभा गर्नुपरे काठमाडौंका सबै सडकमा स्क्रिन र साउन्डसिस्टम राखिने बताउनुभयाे ।
मन्तव्यको अधिकांश समय नेकपाकै अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालको विरोधमा धारणा राख्नुभएका उहाँले आफू नेतृत्वको नेकपा नै सक्कली भएको बताउनुभयाे ।
प्रधानमन्त्री ओलीले क्रान्तिकारी पार्टी हुनका लागि आफूले गरेका कामको जिम्मेवारी लिनु पर्ने पनि बताउनुभएकाे छ।
सर्वहाराको पार्टी हुनका लागि गरिबको दुःख बझ्ने हुनुपर्ने बताउनुभएकाे छ ।
ओलीले बन्दका क्रममा भएको क्षति सरकारले बेहोर्ने समेत बताउनुभयाे ।
‘सर्वहारा जनताको पार्टी बन्न गरिबको ट्याक्सीमा आगो लगाइँदैन।’ ओलीले भन्नुभयाे, ‘आजको कार्यक्रम विथोल्नका लागि कथित नेपाल बन्दको नाटक रचियो। गरिबको ट्याक्सीमा आगो लगाइयो। गरिबको ट्याक्सी जलाएर सर्वहाराको पार्टी भइदैन।’
ओलीले बन्दका क्रममा भएको नोक्सान सरकारले हेर्ने समेत बताउनुभयाे ।
उहाँले गरिब र जनताका लागि सरकार भएकाले ढुक्क भएर बस्न पनि आग्रह गर्नुभयाे ।
उहाँले इतिहासकै सबैभन्दा ठूलो जनसभा काठमाडौँमा भएको दाबी गर्नुभयाे ।