२२ माघ २०७७, बिहिवार

नेकपा प्रचण्ड–नेपाल समूहले आह्वान गरेको बन्दको स्वयम् त्यही पार्टीका शीर्ष नेताहरूले अवज्ञा गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयम्ले बन्दको अवज्ञा गरेका हुन् ।

आन्दोलन सफल पार्न भन्दै उनी गाडी लिएर सडकमा ओर्लिएका छन् ।

देशव्यापी आमहड्ताल आह्वान गरेका नेता पुष्पकमल दाहाल आफैँ बन्दको अवज्ञा गर्दै बा१७च ३०७१ को ल्यान्डक्रुजर गाडी चढेर हामहड्ताल गराउन ललितपुरको पुल्चोक पुगेका थिए ।

गाडीबाट ओर्लिएर दाहाल पुल्चोकको बीच सडकमा केही समय पलेँटी कसेर बसे ।

त्यसपछि फेरि उनी गाडी चढेरै जावलाखेलतर्फ लागे ।

गाडी चढेर कार्यक्रमस्थल पुगेका नेता दाहाल सडकमा नै बसेर बन्दकर्ताको नेतृत्व गरिरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर