
२१ माघ २०७७, बुधवार
सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा गरेर हालसम्म नौ हजार ७३ जनालाई खोप लगाइएको हो ।
माघ १४ गतेदेखि ७ दिनको अवधिमा सो सङ्ख्यामा खोप लगाइएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले जानकारी दिनुभयो ।
अछाममा एक हजार १९५, बैतडीमा एक हजार ६५, कञ्चनपुर ९६४, डडेल्धुरामा ९४२, डोटीमा ९४०, दार्चुलामा ७४७, बझाङमा ६९१ र बाजुरामा ५११ जनलाई खोप लगाइएको हो ।
खोप कार्यक्रमका लागि सुदूरपश्चिम प्रदेशमा १२ वटा खोप केन्द्र तोकिएको छ ।
सरकारले सुदूरपश्चिमसहित देशका सबै प्रदेशमा यही माघ १४ गतेदेखि पहिलो चरणको कोरानाविरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन गरेको हो ।सरकारले सुदूरपश्चिमका लागि ३६ हजार डोज खोप पठाएको थियो ।
सुदूरपश्चिममा यही माघ १४ गतेदेखि शुरु भएको पहिलो चरणको खोप अभियान माघ २८ सम्म सञ्चालन हुनेछ ।
प्रदेशमा खोप अभियानको शुभारम्भ सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्नुभएको थियो भने पहिलो खोप निर्देशक डा गुणराज अवस्थीले लगाउनुभएको थियो ।