२१ माघ २०७७, बुधवार

सरकारले लिम्पियाधुरा-कालापानी सहितको भु-भाग समेटिएको नेपालको नक्सा कक्षा ११ को र कक्षा ८ को पाठ्यक्रममा समावेश गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले नयाँ नक्सा दुवै कक्षाको पाठ्यपुस्तकमा समेटिएको जानकारी दिए ।

https://amzn.to/4myfPN5

यसअघि केही त्रुटि भएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले पाठ्यपुस्तकबाट हटाउन लगाएको भन्दै आलोचना भएको थियो । भारतले मिचेको लिम्पियाधुरा तथा कालापानीसहित भू-भाग फिर्ता गरी नक्सा नेपालको संविधानमा संशोधन भई पारित भएको थियो ।

सरकारले जेठ ७ गते नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो ।

जुन कदम देशैभर स्वागत भएको थियो । तर पछि सरकारले पाठ्यक्रममा यो नक्सा नराख्दा यसको विरोध भएको थियो । योसँगै लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर सार्वजनिक गरेको नेपालको अद्यावधिक नक्सा विद्यार्थीले आफ्नै किताबमा पढ्न र हेर्न पाउने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर