
२१ माघ २०७७, बुधवार
स्याङ्जा जिल्लाको चापाकोट ४ मा रहेको चक्रकला युवा क्लब लामडाडाको १८औ वार्षिकोत्सब भब्य रूपमा सम्पन्न भएको छ ।
विरेन्द्र सारुको सभापतित्वमा भएको कार्यक्रमको संचालन चिरञ्जीवी पौडेलले गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सासंद भागवत प्रकाश मल्ल रहनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मल्लले चक्रकला युवा क्वलले समुदायमा खेलेको भुमिकाको खुलेर प्रशंसा गनुभएको थियो ।
उहाँले क्लवलाई सहयोग गर्न आफै सकारात्मक रहेको र आफनो ठाउँवाट खेल्नु पर्ने भुभिकामा कहि कतै कमि हुन नदिने वताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र २ सभापति देव वहादुर खाण (ईश्वर ) चापाकोट नगरपालिका उपमेयर विमला श्रेष्ठ ,नेका महाधिवेशन प्रतिनीधि महेन्द्र श्रेष्ठ ,क्षेत्रिय सचिव एवम् वडाअध्यक्ष महेश भट्टराई ,नेपाल तरूण दल स्याड़्जाका सचिव चन्द्र राना, गल्याड़ नगर सभापति कृष्ण भट्टराई ,वडा अध्यक्षहरू विक्रम सारु , प्रेम सारू,यसैगरी महेश भट्टराई लयायतकाले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
सोहि अवसरमा विभिन्न खेलकुद प्रतियोगिताहरुको आयोजना गरिएको थियो ।
जसअनुसार भलिवल प्रतियोगिताका खेलाडिहरुलाई क्रमश प्रथम लाई ४० हजार रुपैया प्रमाणपत्र र शिल्ड दोस्रो लाई ३० हजार शिल्ड र प्रमाणपत्र तथा तेस्रो हुने समुहलाई २०हजार शिल्ड र प्रमाणपत्र प्रदान गर्नुका साथै सात्वनालाई १० हजार रुपैया र प्रमाणपत्र प्रदान गरिएको थियो । भलिबलमा प्रतियोगितामा २१ वाट समुहले सहभागीता जनाएका थिए ।
यसैगरी वार्षिकोत्सकको अवसर पारेर घैटो फोर,हाजिरी जवाफ प्रतियोगिता तथा ३५ वर्ष माथिकाहरुको लागि विभिन्न खेलकुदहरु समेत आयोजना गरिएको थियो । कार्यक्रको अवसरपारेर साङितिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
कार्यक्रममा चर्चित लोक दोहोरी गायक शिव हमाल लगायतका कलाकारहरुले आफनो प्रस्तुति प्रस्तुत गरेका थिए ।
कार्यक्रम तथा क्लवलाई सहयोग पुर्याउनेहरुलाई सो अवसरमा सम्मान समेत गरिएको थियो ।