
२० माघ २०७७, मंगलवार
अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भीषण हिमपात भएको छ ।
हिमपातका कारण हवाई उडान रद्द भएका छन् भने खोपकेन्द्रहरू पनि बन्द भएको छन् ।
स्थानीय समयानुसार सोमबार मध्यदिनसम्म न्यूजर्सी र पेन्सल्भेनियामा १९ इन्च र न्यूयोर्कमा १७ इन्च हिउँ परेको हो ।
भीषण हिमपातपछि न्यूयोर्क र न्यूजर्सीमा सङ्कटकाल घोषणा गरिएको छ ।
न्यूयोर्कमा बिहानैदेखि अत्यावश्यक पर्दाबाहेक अन्य यात्रामा प्रतिबन्ध लगाइएको छ भने विद्यालय बन्द गरिएका छन् ।
अमेरिकी मौसम विभागले भोलिदेखि मात्रै हिमपात कम हुने बताएको छ ।
हिमपातका कारण १,६०० भन्दा बढी हवाई उडानहरू रद्द भएका छन् । बीबीसी