१९ माघ २०७७, सोमवार

के तपाई कहिल्यै जुत्ता चप्पल बिना कतै जान सक्नु हुन्छ रु पक्कै सकिदैन किनकी भुईको चिसो तातो वा खुट्टाले किल्चन सक्ने बस्तुको कारण हामी चप्पल लगाउँछौ ।

तर भारतको एक गाउँमा भने जूत्ताचप्पल नलगाउँने परम्परा छ । यदि कसैले भुलवश लगाएको पाएमा उनीहरु सजायको भागिदार हुन्छन् ।

भारतको तमिलनाडुको मदुराईबाट करीब २० किलोमिटरको दूरीमा रहेको एक गाँउमा जुत्ताचप्पल नलगाउने परम्परा छ ।

कलिमायन नामक यस गाँउमा सयौं र्षदेखि जुत्ताचप्पल लगाउन नपाउने नियम छ ।

यहाँ जुत्ताचप्पल लगाएको देखेमा स्थानीय रिसाउने र सजाय दिने गर्दछन् । कतिसम्म भने अभिभावक नै साना बालबालिकालाई समेत जूत्ताचप्पल लगाउन मनाही गर्दछन् ।

जुत्ताचप्पल नलगाउने परम्पराको पछाडि अनौठो कारण छ ।

खासमा त्यस गाउँमा अपाच्छी नामक देवताको सदियौंदेखि पूजा हुदैं आएको छ ।

उनीहरु अपाच्छी देवताले नै उनीहरुको रक्षा गर्ने मान्यता राख्दछन् ।

उनै देवताप्रति अपार आस्था देखाउन यस गाउँ भित्र जुत्ताचप्पल नलगाउने रित बसेको हो ।

अब यसमा अझै रोचक त के छ भने यदि उनीहरु बाहिर जानु परे हातमा चप्पल बोकेर आउँछन् र गाउँबाट बाहिर पुगेपछि मात्र पहिरिन्छन् । त्यस्तै गाउँ भित्रनु अघि फेरी जुत्ताचप्पल खोलेर खालखुट्टा जान्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर