१९ माघ २०७७, सोमवार
काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित सडकमा बा.०१०.०२ प ३८७० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री काभ्रे देउपुर-४ बस्ने ३८ वर्षीय नारायण प्रसाद ढकालको आइतबार राति मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाईते भएका उनको ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली, धनगढी उपमहानगरपालिका-२ स्थित सडकमा से.६ प ४४७९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-३ बस्ने ५९ वर्षीया फुलकेशरी चौधरीको आइतबार साँझ मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-६ मटेयारीस्थित सडकमा सु.प.प्र.०१००९ प ९१७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका बस्ने १८ वर्षीय रोहित रानाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ ।
धादिङ, थाक्रे गाउँपालिका–२ कोइराले स्थित सडकमा बिग्रिएर रोकी राखेको ना।६ ख ६४६५ नम्बरको ट्रकमा लु.२ ख २७० नम्बरको ट्रक सोमबार बिहान ठक्कर खाई दुर्घटना हुँदा लु.२ ख २७० नम्बरको ट्रकमा सवार हाल नाम, थर, वतन नखुलेका २ जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका लु.२ ख २७० नम्बरको ट्रक चालक नवलपरासी सुनौल नगरपालिका-६ बस्ने ३७ वर्षीय लिला राम अधिकारी र बारा पटरिया बस्ने ५५ वर्षीय कमल साहलाई उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ ।
यसैगरी धादिङ, बेनिघाट रोराङ गाउँपालिका७ चरौदीस्थित सडकमा ना.३ ख ६७५ नम्बरको कन्टेनर र एनएल०१एल४८५६ नम्बरको ईण्डियन ग्याँस बुलेट आइतबार राति एकआपसमा ठक्कर खाँदा ग्याँस बुलेट चालक हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सामुदायीक हस्पिटल मलेखु हुँदै ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुबै सवारी साधन र कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाँचथर, याङवरक गाउँपालिका–१ एकतारे भन्ने स्थानमा मे.१ त ५९१७ नम्बरको ट्याक्टर आइतबार राति सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २० वर्षीय राम बहादुर वराइलीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल फिदिम पाँचथरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा गम्भीर घाइते भएका घनेन्द्र राईलाई उपचारको लागि बीएमसी अस्पताल झापा पठाइएको छ ।
हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
काभ्रे, नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित सडकमा ज.१ ज २३३ नम्बरको टाटा सुमोले प्रदेश ३.०२००१ प ९७४५ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिई सडकबाट करिब १ सय ५० मिटर तल खस्दा सुमोका चालक धनुषा घर भएका ३४ वर्षीय लेख बहादुर शिन्जाली मगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका १ जनाको सोही अस्पताल अन्य १ जनालाई थप उपचारको लागि ओम अस्पताल चावहिल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।









